अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ३० गते
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
जीतको चाहना राख्ने पंजाबका टोलीले बिहीबार रात शारजाहमा च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले हरायो।
रोयल च्यालेन्जर्स बैंग्लोरबाट १७२ रनको लक्ष्य पाएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर जित हासिल गर्यो ।
पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।
यसैगरी २५ बल सामना गरेका मयंक अग्रवालले चार चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाए । उनलाई आठौं ओभरमा युजवेन्द्र चहलले आउट गरे ।
पन्जाबलाई जितका लागि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । तर पनि खेल अन्तिम बलसम्म पुग्यो । २० औं ओभरको अन्तिम बलमा निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए र हिरो सावित भए ।
बैंग्लोरका मोहम्मद सिराज महँगा बलर बने । उनले ३ ओभरमा ४४ रन खर्चिए तर एउटा पनि विकेट झार्न सकेनन् ।
यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । कप्तान बिराट कोहली बैंग्लोरका टप स्कोरर रहे । उनले ३९ बलमा ४८ रन बनाए ।