अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ३० गते
पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलूचिस्तानमा अर्धसैनिक बलको तेल र ग्यासकर्मीहरूको टोलीमाथि आतंकवादीले हमला गरेको छ जसमा ७ सैनिक सहित १४ जनाको मृत्यु भएको छ ।
बिहीबार ग्वादर जिल्लाको ओरामारा शहरमा सरकारी तेल तथा ग्यास विकास कम्पनी लिमिटेड (ओजीडीसीएल) का कर्मचारीमाथि आतंकवादीले हमला गर्यो ।
पाकिस्तानी सेनाको मिडिया शाखाले दुबै पक्षबाट भएको गोलीबारीमा आतंकवादीहरूको पनि ठूलो क्षति भएको कुरा पुष्टि गरेको छ। त्यहि समयमा, सात फ्रन्टियर कोर्प सैनिक र समान संख्याको निजी सुरक्षा गार्डले आक्रमणमा परि आफ्नो ज्यान गुमाए।
सुरक्षा बलहरूले पूरै क्षेत्रमा घेरा हालेको छ र आक्रमणमा संलग्न आतंककारीहरूको खोजी भैरहेको छ। यद्यपि कुनै प्रतिबन्धित अलगाववादी वा आतंकवादी संगठन वा समूहले यो हमलाको जिम्मेवारी लिएको छैन। रेडियो पाकिस्तानले भने कि प्रधानमन्त्री इमरान खानले उक्त हमलाको भर्त्सना गर्दै घटनाको बारेमा रिपोर्ट खोजेको छ।