अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १३ गते
नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी पनि कोरोना संक्रमित भएका छन् । उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

उनले आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए केही दिनयता प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।
पछिल्लो समय सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरुलाई कोरोना संक्रमण देखिइरहेको छ। काठमाडौं उपत्यकाको समुदायस्तरमा तीव्र गतिमा कोरोना फैलिएसँगै उच्च पदस्थहरु पनि धमाधम संक्रमित भइरहेका छन्।