सशस्त्र प्रहरी र प्रहरीको सहयोगले बाराको बलिरामपुर , मुशहर्वा नाकावाट कपडा हाडयेवरको ब्यापकरुपमा तस्करी शुरु

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, कार्तिक १६ गते

पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछी अहिले बाराको मुशहर्वा वलिामपुर, बरैनिया, छतवा, नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी शुरु भएको छ ।

पर्सामा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु पर्सा नाका छाडेर बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले यस अनलाईनलाई बताएकाछन । 

तस्करहरुले अहिले बाराको मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा  , हाडयेवर , जुता भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार हिजो राति जितपुरको एक ब्यपारीको लाखौंको कपडा , हाडयेवर भित्राएको  स्थानियले नाम नछाप्ने शर्तमा  बताएकाछन ।

अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , जुत्ता चप्पल  लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।

बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा  तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन ।

बाराको मुशहर्वा,बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

पर्सा प्रहरी र सशस्त्र प्रहरी १३ नम्बर गण पर्सा द्वयले पर्सा जिल्लामा अबैध रुपमा भित्रिने गरेको तस्करीमा कडाई गरेपछि अहिले पर्सा र बारा जिल्ला निवासी जितपुरका नामुदत तस्करहरु बाराको बलिरामपुर नाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।

कोरोनाको कारण सिमानाका सिल भएपनि राती राती खुल्म खुल्ला रुपले सो नाकावाट रातभरि तस्करी भइरहेको स्थानीयहरुले बताएका छन्।

बाराको बलिरामपुर र मुशर्हवाको, बरैनिया , छतवानाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनिगंधाको  तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल माथी नै प्रश्न चिन्ह खडा भएको छ । बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक लाखौं रुपैया कपडा , हाडयेवरको  तस्करहरुले जितपुर सम्म पुर्‍याउने  गरेको स्थानियहरुले बताउछन ।

सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले किहे दिन पहिला अनुगमन गरि सिमानाका पुर्णरुपले अवैध तस्करी बन्द गर्ने निर्देशन दिए पनि मुसहार्वाका बिओपीले निर्देशन विपरीत तस्करी गराईरहेको स्थानीयहरुले बताएछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *