अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ६ गते।
संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
संसद विघटनको विरोध गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट मन्त्रीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी हुन् ।प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणासमेत गरेकी छन्।