लहानमा वडा सदस्य साह द्धारा नि:सुल्क ब्यासिक कम्प्युटर कक्षा संचालन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  पुस ६ गते।

सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा नि:सुलक ब्यासिक कम्प्युटर कक्षा संचालन भएको छ । लहान ८ का वडा सदस्य सुरेश कुमार साहले कक्षा संचालनमा ल्याएको छ ।

उदघाटन कार्यक्रमको प्रमुख अतिथिमा बाबा मिडिसिनि लहानको संचालक श्याम साहले रिवन काटेर कार्यक्रम उदघाटन गरेका थिए ।

अतिथि हरुमा पत्रकार फिरोज शेख , महेश सिंह , बिजय महथा ,सन्तोष महतो लगायतका दर्जनौं अतिथिहरुको सहभागीता रहेको थियो । कक्षा संचालन  पुस ५ गते देखी हुने शिक्षक श्याम कुमार महतो बताउनु भयो ।

नगरपालीका बाट जन प्रतिनिधिहरुलाई  दिने गरेको सेवा सुबिधाको रकम जोहोगरी साहले आफ्नो ब्यक्तीगत एक्लो  लगानीमा कक्षा संचालन गरेका हुन् । साहले समाजिक उतदायित्व निर्वाह गर्दै सम्बन्धि वडा भित्रका कक्षा ८ देखि १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुलाई विशेष प्राथमिकता दिईने गरेको छ ।

साहले एक लाख पचास हजारको लगानीमा आफनै निवासमा कक्षा संचालन गरेका छन् । दिन भरीमा  ४ सिफ्ट सम्म कक्षा संचालन हुने भएको छ् भने एउटा कक्षामा १५ जना सम्म विद्यार्थीहरुलाई शिक्षण गराउने सुरेश कुमार साहले जानकारी दिनु भयो । जम्मा १०० एक सय विद्यार्थीहरुलाई   कम्प्युटर शिक्षा दिने भएको छ।

अहिलेको युग भनेको भने  कम्प्युटर शिक्षा अनिवार्य सबै विद्यार्थी हुनुहुन्छ भन्दै साह उक्त कक्षा संचालन गरेका हुन् । गोलडन ईन्स्टिच्युट लहानका संचालक तथा दक्ष अनुभवि शिक्षक श्याम कुमार महतो ले विद्यार्थीहरुलाई अध्ययन गराउने संचालक वडा सदस्य शुरेश कुमार साहले जानकारी दिनु भयो ।कम्प्युटर सिकन आउने विद्यार्थीहरुको सुरुकै दिन भिड लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *