सात वर्षअघि पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत २ गते।

सात वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् ।संसद भवनको शौचालयमा प्रवेश गरेका उनको सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले अनलाईन न्युजपाटीलाई बताए । यद्यपि, यो विगतको घटनासँग सम्बन्धित नभएको उनले बताए । कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared