अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २ गते
लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं आउने पास दिएको छ।
गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् ।
सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।
बिहीबार पूर्वराजा शाह दम्पत्तीले काठमाडौं आउन पासको सिफारिस मागेका थिए। तर प्रक्रिया नपुगेको भन्दै गृहले खारेज गरेको थियो।गृह मन्त्रालयले कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन कडा गरेको छ।
त्यसैलाई कडाइ गर्ने कदम अन्तरगत पहिले जारी भएका सम्पूर्ण पास खारेज गर्ने निर्णय मन्त्रालयले गरेको थियो।निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् ।
नयाँ निर्णय अनुसार स्वास्थ्यको समस्या वा मृत्यु संस्कारका लागि मात्रै पास उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।