अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बीरगन्ज समाचारदाता जेठ २१ गते
नेपाली कांग्रेस पर्साद्वारा ठोरीमा केही दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएपछी ठोरीका स्थानीयहरुको गुनासो आएपछि टेलिफोन सेवा छिटो छरितो सुचारु गर्न नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगंजलाई ज्ञापनपत्र आज बुझाएको कांग्रेसका पर्सा सचीव श्याम पटेलले बताएका छन।

नेपाली कांग्रेसका पर्सा सचिव श्याम पटेलको अगुवाइमा आज गएको टोलीले नेपाल टेलिकम क्षेत्रीय कार्यालय बिरगंजका प्रमुखलाई ठोरीमा टेलिफोन सेवा अवरुद्ध भएपछि ठोरीको स्थानिय जनतालाई कठीनाई भेएकोले अवरुद्ध भएको टेलिफोन सेवा अविलम्ब सुचारु गर्न भन्दै ज्ञापनपत्र बुझाएका छन।
पर्सा सचिव श्याम पटेलले अबिलम्ब सेवा सुचारु गर्नु पर्ने भने, यदि बेवास्ता गरे नेपाली कांग्रेस पर्सा चुप लागेर नबस्ने र कडा कदम चाल्न बाध्य हुने बिज्ञपतीमा उल्लेख गरिएको छ।