कपिलवस्तुका प्रदेश सांसदको स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि

अनलाईन न्युजपाटी बिजयनगर , कपिलवस्तु समाचारदाता असार १६ गते

कपिलवस्तुका एक प्रदेश सांसदका स्वकीय सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश सांसदका विरेन्द्र कानौडियाका स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत जेष्ठ ३२ गते गरिएको स्वाब संकलन मध्ये आइतबार आएको रिपोर्टमा उनमा कोरोना देखिएको हो । उनी अहिले विजयनगर गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेका छन् ।आफन्तलाई  क्वारंटाइनमा खाना नास्ता पुराउने बेलामा संक्रमण फैलिएको हुनसक्छ सचिवले बताए l

जेष्ठ ३२ गते स्वकीय सचिवको स्वाब संकलन गरिएको थियो । जसमा रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । उनि अहिले स्वस्थ रहेको बताइएको छ l

सांसदका स्वकीय सचिवमा भएकाले 2 महीना देखि आफू प्रदेश सांसद कानौडिया संग (भेट घाट ) संपर्कमा नरहेको सचिवले बताएका छन l कार्यालयको काम भने फोन संपर्क बाट गरिरहेको सचिवले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *