चट्यांग लागेर बारामा ४ जना महिलाको मृत्यू ७ जना घाईते

अनलाईन न्युजपाटी ,कृष्णा यादब,विरगंज,समाचारदाता, असार १८ गते।

बारा जिल्लामा  चटाँङ लागेर ४ जना महिलाको मृत्यू भएको छ भने ७ जना घाईते भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 बिहिवार बिहान  जिल्लाको फेटा गाँउपालिका वडा नम्बर १ मा २ जना भने त्यसतै कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुर  गरि ४ जनाको मृत्यू   भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बारा जिल्लाको  सितलपुरका खेतमा रोपाई गरीरहेकी ३५ बर्षिय आसादेवी महतो, ४५ बर्षिय हलिमा खातुन रहेकी छिन भने फेटामा घरमा चटाङ लग्दा एकै घरका ३० बर्षिय ईन्दु देवी महतो, ४० बर्षिय सुनारपति देवी महतोको घटान स्थलमा नै मृत्यू भएको  जिल्ला प्रहरी कार्यालयको प्रवता  मिश्रले बताउनु भएको छ।

बारा जिल्लामा चटाङ लागेर फेटामा ७ जना घाईते भएका छन् घाईतेहरुलाई अस्पताल लगिएको र मृतकहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने त्यारी भईरहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । चटाङका कारण बारामा प्रत्येक बर्ष मृत्यु हुने गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *