आईपीएलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हरायो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ८ गते

साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको छ ।

टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाउन सफल भएको थियो । चेन्नईका ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिएका थिए । त्यस्तै इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । त्यसपछि मुम्बईले
जितको लागि १ सय १५ रनको लक्ष्य पाएको थियो ।

यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाई ६ अंकसहित सबैभन्दा पुछारमा छ ।

जसलाई मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सजिलोसँग पूरा गरेको थियो । उसकालागि जितमा ईशान किशनले ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहेका थिए । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे । नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरे । अहिलेसम्मको खेलमा मुम्बईले १० खेलमा ७ मा खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ । उसको जम्मा अंक १४ पुगेको छ । उ नेटरन रेटको आधारमा शीर्षस्थानमा पुगेको छ । त्यस्तै उततीनै अंक बनाएको मुम्बई नेटरन रेटको आधारमा दोस्रो स्थानमा छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *