अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ३ गते।
भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३४ हजार ८२० संक्रमित भएसँगै शुक्रबार र शनिबार मात्रै भारतमा ७० हजार २८८ जनामा संक्रमण भएको छ ।

यस्तै यस अवधिमा ६ सय ८७ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा १० लाख ३ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ भने मृतक संख्या २५ हजार ६ सय २ पुगेको छ।