चोरको आरोप लगाएर कुटपिट गर्दा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन ३ गते।

तारकेश्वर नगरपालिका वडा नम्वर ५ गोलढुंगामा स्थानीयको कुटपिटपछि एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार स्थानीयले चोरको आरोप लगाएर कुटपिट गर्दा रसुवा घर भई कपुरधारा बस्दै आएका २४ वर्षीय छिरिङ तामाङको मृत्यु भएको हो।

अर्का एकजना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएका छन् । मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो । त्यसपछि चोर भन्दै सबैले उनीहरुलाई लखेटे’ महानगरीय प्रहरी बृत्त बालाजुका डिएसपी रञ्जित सिंह राठोरले भने ‘लखटेपछि उनीहरुले दुवैलाई कुटेछन्।’

कुटपिटपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुग्दा दुवैजना घाइते अवस्थामा रहेको राठौरले बताए।

उनीहरुलाई प्रहरीले आफ्नै गाडीमा राखेर शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो। अस्पतालले नै छिरिङलाई मृत घोषणा गरेको थियो।

मृतकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनका साथी दोर्जे भने अस्पतालबाट घर फर्किसकेको राठोरले जानकारी दिए।घटनाको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *