भारतमा गत २४ घण्टामा कोरोनाको ३४८८४ जनामा कोरोना सङ्क्रमण पुष्टि

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ३ गते

देशको कोरोना महामारीको अवस्थाको सम्बन्धमा भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार गत २४ घण्टामा देशमा कोरोनाका ३४,८८४ नयाँ घटनाहरू दर्ता भएका छन्।

भारत सरकारले भनेका छ कि ६,५३,७५१ मानिस अहिलेसम्म कोरोना संक्रमण पछि निको भइसकेका छन, अहिले देश भरमा ३,५८,६९२ जना कोरोनाका सङ्क्रमितहरु उपचार गराई रहेका छन्  ।

यसै गरि गत २४ घण्टामा देशमा कोरोनाका कारण ६७१जनाको मृत्यु भएको छ, कूल मृत्युको संख्या २६२७३ पुगेको छ।

त २४घण्टामा दिल्लीमा १४६२ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ भने महाराष्ट्रमा ८३०८ नयाँ घटनाहरू पुष्टि भएको छ । पछिल्लो २४घण्टामा तमिलनाडुमा ४५३८, कर्नाटकमा ३६९३ र आन्ध्र प्रदेशमा २६०२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *