अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १० गते
मध्यप्रदेशका मुख्यमंत्री शिवराज सिंह चौहानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनले यस बारेमा जानकारी केही समय अघि ट्वीट गरेर दिए।

मुख्यमन्त्री चौहानले लेखे, “मेरा प्रिय जनहरू, मैले कोविड १९ को लक्षणहरू अनुभव गरिरहेको थिएँ, परीक्षण पछि मेरो रिपोर्ट सङ्क्रमण पुष्टि भएको छ । म मेरा सबै सहकर्मीहरूलाई अपील गर्दछु कि जो कोही मसँग सम्पर्कमा आएका थिए उनीहरूको कोरोना टेस्ट गर्न अनुरोध गर्दछु ।
उनले लेखेका थिए, “म कोविड १९ का सबै निर्देशनहरू पालना गर्दैछु। म मेरो राज्यका मानिसहरूलाई होशियार रहन अपील गर्दछु, थोरै लापरवाहीले कोरोनालाई आमन्त्रित गर्दछ। मैले कोरोनाबाट बच्न हर प्रयास गरें तर धेरै भेटबार्ताले कोरोना सङ्क्रमण निम्तियायो । “
म सम्भव भएसम्म भिडियो कन्फरेन्सिंगको साथ कोरोना समीक्षा गर्ने प्रयास गर्नेछु। राज्यमन्त्री अरविन्द भदोरिया यस अघि नै कोरोनाका कारण अस्पतालमा भर्ना छन्।