अमेरिकाले पनि चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १७  गते

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सुचना सेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् । पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै यस्तो बताएका हुन् । अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए । · 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् ।उनले भनेका छन्– ‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ । हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *