अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २४ गते
अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २९० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ९४ पुगेको छ ।

यस्तै एकै दिन थप ६३ हजार २३५ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५० लाख ९५ हजार ५२४ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म २६ लाख १६ हजार ९६७ जना संक्रमणमुक्त भएका छन् ।