अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न इराकका प्रधानमन्त्री यही अगस्ट महिनामा अमेरिका आउने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २४ गते

इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आउने छ ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उहाँ अमेरिकाको वासिङ्टन आउनुहुने जनाएको छ । “राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्वारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध सङ्कटमा परिरहेका बेला उहाँहरूका बीचमा भेटवार्ता हुन लागेको हो । उहाँहरूका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरू नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ । हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्बन्धलाई सकारात्मक र बलियो बनाउँदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायत विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *