भारतमा एकै दिनमा थपिए ६५ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २५ गते

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मूलुक भारतको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार बिहानसम्म भारतमा एकै दिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ लाख ५३ हजार १० पुगेको छ भने मृतकको संख्या ४३ हजार चार सय ५३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *