काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव फेला

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २५ गते

काठमाडौंको गोंगबुमा एकजनाको शव फेला परेको छ ।

गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको प्रहरीले जनाएको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

शवको पहिचान भएको छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापा लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *