अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, साउन २५ गते
कोरोना भाइरस संक्रमणका कारण पोखरामा एक जनाको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरीरहेका एक जना कोरोना संक्रमितको शनिबार राति ११: ३५ बजे मृत्यु भएको हो ।

साउन १७ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत पोखरा १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मधुमेहका विरामी समेत रहेका उनको प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा उपचारकै क्रममा गय राती ११ : ३५ मा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमौनेको संख्या ५ पुगेको छ ।