बेइरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश : प्रधानमन्त्रीले दिए राजीनामा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २७ गते

गत मङ्गलवार २०० जनाभन्दा बढीको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन्।

राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन्।

लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन्।

आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए। उनीहरूको प्रहरीसँग झडप भएको थियो।

वर्षौँदेखि बेइरुतस्थित बन्दरगाहमा असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनीअम नाइट्रेटका कारण उक्त विस्फोटन भएको थियो।

प्रधानमन्त्रीले कसैको नाम नलिईकन उनले भने, “लेबननमा भ्रष्टाचार ‘राष्ट्रभन्दा पनि ठूलो छ’ र एउटा धेरै नै बलियो तथा कठिन पर्खालले हामीलाई परिवर्तनबाट बाहिर राखेको छ। त्यो पर्खाल एकखाले वर्गबाट चारै तिरबाट घेरिएको छ, त्यो वर्ग आफ्नो स्वार्थका लागि सबै फोहोरी उपाय गरिरहन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *