कोरोना भाइरस संक्रमणका कारण भारतमा ४५ हजार बढीको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २७ गते

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४५ हजार ३६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार ६०१ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख नाघेको छ । भारतमा कुल संक्रमित २२ लाख ६९ हजार ५२ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १५ लाख ८३ हजार ४८९ जना ठिक भएका छन् भने ६ लाख ४० हजार एक सय ६० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *