अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २८ गते
भारतमा दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गईरहेको छ ।
भारतमा एकै दिनमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार २९८ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८६८ जनाको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।