अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २८ गते
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा भईरहेको छ ।
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।