अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, भदौ २८ गते
सिरहामा कोरोना भाइरसको संक्रमण बढदै गइरहेको र जोखिम कायमै रहेको अबस्थामा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकोले संक्रमणलाई प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई बढाइएको छ।

यसअघि जारी गरिएको निषेधाज्ञाको समय भदौ २७ गते शनिबार राति १२ बजे समाप्त हुने भएकोले असोज १० गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको छ।
अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाधान्न , ग्यास तरकारी , फलफूल मासु जस्ता सेवा प्रदान गर्ने पसलहरु बिहान ५ बजे देखि दिउसो ३ बजेसम्म संचालन गर्न पाइने भएको छ । त्यस्तै अन्य पसल हरु बिहान ८ बजे देखि दिउँसो ३ सम्म खोल्न पाउने छ।