अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ४ गते
भारतमा एक दिनमा ९२ हजार ६०५ सङ्क्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ। भारतमा कुल सङ्क्रमित मध्ये अहिलेसम्म ८६ हजार ७९६ जनाको मृत्यु भैसकेको छ।
भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४३ जना भने सङ्क्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ५ हजार २५२ जना सङ्क्रमित भएका हुन्।