अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १५ गते
विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ५६ हजार ५८७ पुगेको हो ।

विश्वमा बितेको २४ घण्टामा ६ हजार १८४ संक्रमितको ज्यान गएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार ७८९ पुगेको छ ।
विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ५४ लाख २७ हजार १५८ जनाले कोरोनालाई जितेका छन् ।