अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १५ गते
भारतले आउँदो १५ तारिखदेखि अर्थात असोज २९ गतेदेखि सिनेमा हल ,स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको छ । तर सरकारले आफ्नो आदेशमा केही शर्त पनि राखेको छ।

सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशत अर्थात आधा सीट खाली हुनुपर्नेछ । यसका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्नेछ ।
भारतमा कोरोना भाइरस महामारीले रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका हुन् । तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्ने बताइएको छ।
१० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो । केन्द्रले अनलाइन कक्षा र दुरी सिकाई डिस्ट्यान्स लर्निङ लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।
यस्तै केही सर्तसहित एक सय जनाभन्दा धेरैलाई जमघटको लागि अनुमति दिने सरकारको तयारी छ । तर पनि कोरोना संक्रमितको संख्या बढिरहेको क्षेत्रमा भने कार्तिक १५ गतेसम्म कडा लकडाउन लागु हुनेछ।