अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १६ गते
भारतमा एकै दिनमा ८१ हजार छ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ६३ लाख ९१ हजार नौ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्रमा एक हजार ९६ संक्रमितको ज्यान गएसँगै हालसम्म मृत्यु हुनेको संख्या ९९ हजार आठ सय चार पुगेको हो ।
संक्रमितमध्ये ५३ लाख ४८ हजार छ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ४३ हजार पाँच सय तीन जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।