विश्वमा एकैदिनमा थपिए २ लाख ६२ हजार ३०१ कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २० गते

विश्वमा एकैदिन २ लाख ६२ हजार ३०१ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ९५ हजार ७३५ पुगेको छ ।

थप ४ हजार २०७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म १० लाख ४५ हजार ९२० जनाले ज्यान गुमाएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ८८ हजार २८९ छ । उनीहरुमध्ये ६६ हजार ७९२ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमित भएका २ करोड ६८ लाख ६५ हजार ७५५ जनाले कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *