विश्वभर एकैदिनमा थपिए ३ लाख ४४ हजार बढीमा कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २३ गते

छिल्लो २४ घण्टामा एकैदिन ३ लाख ४४ हजार ६८३ कोरोना संक्रमित थपिएका छन् भने ६ हजार ३४८ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ करोड ६७ लाख ४४ हजार ३४९ पुगेको छ । अहिलेसम्म १० लाख ६६ हजार ८१९ जनाले ज्यान गुमाएका छन् ।

कोरोना सङ्क्रमणलाई २ करोड ७६ लाख ६३ हजार ५५४ जनाले जितेका छन् । ८० लाख १३ हजार ९७६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६७ हजार ९५० को अवस्था गम्भीर छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख ३३ हजार ७६३ पुगेको छ भने २ लाख १७ हजार ७३८ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *