अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २३ गते
बिहिबार राति भएको आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पञ्जावलाई ६९ रनले पराजित गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पञ्जाव १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
२ सय २ रनको लक्ष्य पछ्याउँन पञ्जावका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
त्यसबाहेक पञ्जावका सिमरन सिंह र केएल राहुलले ११,११ रन जोडे । हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २,२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए ।
जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आईपीएल टी–ट्वान्टी अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।