आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २७ गते

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि शानदार जित निकालेको छ ।

सारजाहमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए । कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक-एक विकेट लिए ।

यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *