सामसुङ ग्रुपका अध्यक्ष ली कुन-ही को मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ९ गते

दक्षिण कोरियाको राजधानी सिओलमा सामसुङ ग्रुपका अध्यक्ष ली कुन-हीको मृत्यु भएको छ ।

ली कुन-हीको ७८ वर्षको उमेरमा मृत्यु भएको हो।

सामसुङ इलेक्ट्राेनिक्सले आइतबार (आज) लीको मृत्यु भएको भन्दै एक विज्ञप्तीद्वारा पुष्टि गरेको छ । तर उनको मृत्युको कारण भने खुलाएको छैन । न्यूयोर्क टाइम्स लगायत अन्तर्राष्टिय समाचार एजेन्सीहरूले उनको मृत्युको खबर प्राथमिकताका साथ छापेका छन् ।

दक्षिण कोरियाली व्यवसायी लीले सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म दुइ कार्यकाल सामसुङ ग्रुपको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनलाइ सन् २०१४ मा हृदयघातको समस्या देखिएको थियो, यसपालि पनि सोहि कारण मृत्यु भएको हुनसक्ने अडकल गरिए पनि कारण प्रस्ट हुन सकेको छैन ।

खेलमा रुची राख्ने ली विश्व ओलम्पिक कमिटीको सदस्य पनि थिए । सेप्टेम्बर २०२० मा सामसुङको सम्पत्ति २० अर्ब डलर मूल्याङ्कन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *