अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १८ गते
अष्ट्रियाको राजधानी वियनामा ६ भिन्न स्थानमा थुप्रै बन्दुकधारीले गोलीबारी गरेका छन् । गोलीबारी हुँदा कम्तीमा एकको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । अष्ट्रियाको गृह मन्त्रालयले यसलाई एक आतंकवादी हमला बताएको छ र एक हमलाकर्ता मारिएको जानकारी दिएको छ ।
अष्ट्रियाका गृहमन्त्री कार्ल नेहमाले यसलाई आतंकवादी हमला बताएका हुन् । गोलीबारी वियनाको सेन्ट्रल स्विडनप्लाट्ज स्क्वेयरमा भएको हो । गृहमन्त्रीले गोलीबारीको पुष्टि गर्दै यसलाई आतंकवादी हमला बताएका हुन् । उनले थप केही मानिसहरुको मृत्यु भएको आशंका भएको बताउँदै थुप्रै मानिसहरु गम्भीर रुपमा घाइते भएको जानकारी दिएका छन् ।
प्रहरीले एक हमलाकर्ताको खोजी जारी भएको बताएको छ । हमलाविरुद्ध सुरक्षा बलको अपरेशन जारी रहेको गृहमन्त्रीले बताएका छन् । घटनास्थलमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ छन् ।