अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १८ गते
अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
अमेरिकामा अग्रिम झण्डै १० करोड मानिसले अग्रिम मतदान गरेका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार चुनावको एक दिनअघि सोमबार सम्म ९ करोड ७९ लाख भन्दा बढीले मतदान गरेका छन् ।
अमेरिकामा नोभेम्बर ३ अर्थात आज राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसद् तथा गभर्नरसहितका लागि मतदान हुँदैछ ।
चुनावी नतिजा फेरबदल गर्न केही राज्यहरुको मतमा भर पर्नेछ । अमेरिकी चुनाव परियोजनाका अनुसार हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड भन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो ।