अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर २१ गते ।
भारतमा कोरोना पोजेटिभ हुनेको संख्या ९६ लाख नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको हो ।
भारतमा पछिल्लो २४ घण्टामा ४ सय ८० जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २१६ पुगेको छ ।

भारतमा कोरोना जित्नेको दर विश्वमै धेरै छ । भारतमा मात्रै अहिलेसम्म झण्डै ९१ लाख संक्रमित निको भएका छन् । त्यहाँ ९६ लाखमा कोरोना संक्रमण हुँदा ९१लाख ७९२कोरोना संक्रमित निको भएका छन् ।
अहिले भारतमा ४ लाख ४ हजार सक्रिय संक्रमित रहेकामा ८ हजार ९ सयको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।