अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर २३ गते ।
विश्वभरमा कोरोना संक्रमणबाट साढे १५ लाखभन्दा बढी जनाले ज्यान गुमाईसकेका छन्।
विश्वभरको तथ्यांक राख्ने वर्ल्डओमिटरका अनुसार मंगलबार बिहान साढे ८ बजेसम्म विश्वमा १५ लाख ५० हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यसैगरी विश्वका कूल संक्रमितमध्ये अहिलेसम्म ४ करोड ७० लाख २३हजार ५७५ जना भने निको भइसकेका छन्। बाँकी संक्रमित उपचारत छन्।
विश्वमा अहिलेसम्म ६ करोड ७९ लाख ३८हजार ९९५ जनालाई कोरोना संक्रमण भइसकेको छ।