भुटानमा पुनः एक साताका लागि देशभर लकडाउन घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस ८ गते।

कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन घोषणा गरिएको छ। भुटानका प्रधानमन्त्री लोते शेरिङले बुधबारदेखि लागू हुने गरी एक साताका लागि देशभर लकडाउन घोषणा गरेका हुन्।

राजधानी थिम्पुमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि थप संक्रमण रोक्नका लागि भन्दै भुटान सरकारले लकडाउनको घोषणा गरेको हो।

लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ।

लकडाउनको अवधिमा अनिवार्य रूपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने नियमसमेत बनाएको छ।

भुटान सरकारले यसअघि पहिलो पटक अगष्ट ११ देखि ५ दिनका लागि लकडाउन गरेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *