अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस ८ गते।
शिक्षकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धनगढीको शारदा माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ।
कोरोना भाईरसको शंकास्पद लक्षण देखिएपछि परीक्षण गराउँदा मंगलबार उक्त विद्यालयका एकजना शिक्षकलाई कोरोना पुष्टि भएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक तेजबहादुर सिंहले जानकारी दिए ।
‘हामी शिक्षक कर्मचारी सबैले स्वाब परीक्षण गराउँछौँ, कसैलाई संक्रमण देखिएन भने एक हप्तापछि विद्यालय सञ्चालन गछौँ,’प्रअ सिंहले भने, ‘यदी अरुलाई पनि संक्रमण देखियो भने त्यही अनुसारको व्यवस्थापन गर्ने तयारी गरेका छौँ।’
शारदा माध्यमिक विद्यालय १४ गतेसम्म बन्द गरिएको प्रधानाध्यापक सिंहले बताए।