अनलाईन न्युजपाटी, एजेन्सी,फाल्गुन २५ गते।
चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो । चीनको क्वानजा शहरमा पाँचतले भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ ।
फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ ।
सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन । होटल २०१८ मा खोलियो थियो जस्मा ८० कोठा थियो। हेबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित छ । आइतबार बिहानसम्ममा यहाँका ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ ।