अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता ,चैत्र १४ गते।
कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला तथ्यांक अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ। विश्वभरि कोरोनाभाइरस सङ्क्रमितबाट मर्नेहरूको सङ्ख्या पाँच लाख नाघेको छ।
इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ। फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।
बीबीसी सम्वाददाता स्टिभ ज्याकसन भन्छन्, “संसारभरि सङ्क्रमितको सङ्ख्या पाँच लाख पुग्नु गम्भीर कोशेढुङ्गा हो। तर विज्ञहरू भन्छन् वास्तविक सङ्ख्या अझै धेरै हुन सक्छ किनकी कैयन् देशमा औपचारिक रूपमा घोषणा गरिएका सङ्क्रमितको सङ्ख्याभन्दा वास्तविक सङ्ख्या निकै धेरै हुनसक्छ।”संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।