अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २ गते
कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या तीन लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४४ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन्।
उक्त सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या भने १५ लाख पुगेको बताइएको छ। पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन्।
१४ लाख भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८६ हजार पुग्न लागेको छ। अमेरिकामा मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा बढी न्युयोर्क राज्यमा छ जहाँ २७ हजार भन्दा बढीको मृत्यु भएको छ।
रुसमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ। उच्च सङ्क्रमणका हिसाबले यूके तेस्रो स्थानमा छ। त्यहाँ हालसम्म ३३,६९३ ले ज्यान गुमाएका छन्।
कोरोनाभाइरसका कारण अमेरिकाले “आधुनिक इतिहासमा सबैभन्दा कठिन जाडो याम” भोग्नुपर्ने हुनसक्ने एक जना विशेषज्ञले बताएका छन्।