कोरोना संक्रमणबाट पाकिस्तानी मन्त्रि गुलाम मुर्तुजाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २१ गते

पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सिन्ध प्रान्त बाट शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भयो ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए । पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *