सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १३ गते।

सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *