पेट्रोलियम पदार्थको पुनः मूल्यबृद्धि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३ गते।

नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ पुगेको छ ।

आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने निगमले यथावत् रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *