पश्चिम नवलपरासीमा आइतबार तीन संक्रमितको मृत्यु, थप ७१ जनामा कोरोना संक्रमण पुष्टी

अनलाईन न्युजपाटी,उर्मिला यादव यात्री नवलपरासी,समाचारदाता,जेठ ३ गते।

कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा आइतबार तीन जनाको मृत्यु भएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा एक जना, एक जना पुरुषको होमआइसोलेसन र कोभिड अस्पताल बुटवलमा एक जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएका मध्ये रामग्राम नगरपालिका वडा नम्बर १० का ५८ बर्षिय षुरुष, सुनवल नगरपालिका वडा नम्बर  नौ का ४५ वर्षीय पुरुष, र सुनवल नगरपालिका वडा नम्बर १२ का ४८ बर्षिय एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यससँगै पश्चिम नवलपरासीमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको  संख्या ९५ पुगेको छ ।  यस्तै गरी नवलपरासीमा आइतबार ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५८ र एन्टिजेनबाट १३ जना गरी ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सबै भन्दा बढी सुस्ता गाउपालिकामा १२ जना महिला र १६ जना पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गरी सुनवल नगरपालिकामा १७ जना, बर्दघाट नगरपालिकामा १६ जना,रामग्राम नगरपालिकामा २ जना, सरावल गाउपालिकामा ५ जना, प्रतापपुर गाउपालिकामा २ जना, र पाल्हिनन्दन गाउपालिकामा एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तैगरी आइतबार कोरोनाबाट १९ जना निको भएका छन  भने जिल्लामा कुल १६ सय ८४जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ११ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *