अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता,साउन २८गते।
विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड, ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । साउन २८ मा आयोजित गरीएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूपमा एस.पि.जी. अटोमोबाइलस संग सम्झौता पत्र हस्ताक्षर गरीएको छ ।

चेरी ब्रान्डले २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रबेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ ।

चेरी इन्टरनेशनलका अध्यक्ष Zhang Guibing का अनुसार, यस दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ ।

साथै नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नया उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको माँगलाई सम्बोधन गर्ने आयोजना रहेको पनि उनले जानकारी दिए।
